समाज

विवाहपछि अभिनेत्री श्वता खड्काको आयो सबैलाई भावुक बनाउने पहिलो प्रतिकृया

काठमाडौं । विवाहपछि अभिनेत्री श्वता खड्काको पहिलो प्रतिकृया आएको छ । आज विजयेन्द्रसिंह रावतसँग उनले विवाह गरेकी हुन् । सामाजिक सञ्जाल फेसबुकमार्फत उनले विवाहपछिको पहिलो प्रतिकृया जनाएकी हुन् । श्वेता खड्काले तपाईकी उहि छोरी, चेलीका तर्फबाट भन्दै लेखेको स्टाटस यस्तो रहेको छ,

अनत्वगोत्वा : मैले सिउँदोमा सिन्दुर भरें , हातमा सप्तरङ्गी चुरा लगाएँ अनी रङ्गिन पहिरन भित्र आफुलाई सजाएँ । मैले जिन्दगीको अर्को एउटा यात्रामा पाइला चालें । मेरो यो यात्रामा मेरा सम्पुर्ण इष्टमित्र , आफन्तजन , गन्यमान्य ब्यक्तित्व , शुभचिन्तक लगाएत मलाई सँधै साथ र समर्थन गर्ने मेरा संचारकर्मी मित्रहरुको सुवेक्षा र आशिर्वादको खाँचो छ ।

मैले सुरु गरेको जिन्दगीको यो अर्को अध्यायमा अझै धेरै गर्न बाँकी छ । मैले नेपाली सिने जगतलाई मेरो शिरको सिन्दुर जस्तै अझै उच्च स्थानमा पुर्‍याउनु छ । निर्माणाधिन माझिटोललाई आज सँजिएको बिहेको मण्डप भन्दा पनि अझै सजाउनु छ ।

मैले थालेका ब्यावसायहरुलाई मेरो हातमा चम्किएका चुराहरु जस्तै चम्काउनु छ । मैले अझ धेरै काम गर्न बाँकी छ । थाती रहेका मेरा कार्यहरुमा थप उत्साह र उमंग बोकेर लागी पर्नेछु । म थप शसक्त नारीको रुपमा तपाईहरुको सामुन्ने प्रस्तुत हुनेछु ।

आगामी दिनमा एकल महिलाको शसक्तिकरणमा केहि गर्न पाए हुन्थ्यो भन्ने सोच छ । त्यस्लाई साकार बनाउनको लागी म लागी पर्नेछु । अतः मलाई तपाइहरु सम्पुर्णको साथ , साल्लाह , सुझाव का साथै शुभ आशिर्वादको आवस्यक्ता छ । हिजोका दिनमा भन्दा पनि आगामी दिनमा मैले सबैबाट अझ धेरै माया, सदभाव र साथ पाउने आशा बोकेकी छु ।

Related Articles

Back to top button