हलिवूड/बलिवूड

भारतिय चर्चित टिभि सिरियल ‘ये रिश्ता क्या कहलाता है’ की अभिनेत्री दिव्या भटनागरको कोरोनाका कारण निधन

काठमाडौ । भारतिय चर्चित टिभि सिरियल ‘ये रिश्ता क्या कहलाता है’ की अभिनेत्री दिव्या भटनागरको मृत्यु भएको छ । कोरोना संक्रमणका कारण गम्भिर अवस्थामा उपचाररत ‘ये रिश्ता क्या कहलाता है’ की अभिनेत्री दिव्याको निधनले फेरी भारतीयहरुमाझ शोक छाएको छ ।

‘ये रिश्ता क्या कहलाता है’ बाट नै चर्चामा आएकी उनलाई कोरोना पुष्टि भएको बारे सामाजिक संजाल फेसबुक मार्फत जानकारी गराएको ३ दिनमा नै उनको निधन भएको आजतकले उल्लेख गरेको छ । आजतकका अनुसार अभिनेत्री दिव्याको स्वास्थ अबस्था नाजुक रहेको र उनलाई अहिले भेन्टिलेटर राखेर उपचार गरिएको थियो ।थुपै टिभि सिरियलमा अभिनय गरेकी अभिनेत्री दिव्यालाई गत बिहिबार २६ नोभेम्बरका दिन अस्पतालमा भर्ना गरिएको थियो ।

उनले अस्पतालको बेड बाटनै तस्विर शेयर गर्दै स्टाटस मार्फत आफुलाइक्षर्् कोरोना देखिएको र आफ्नो संम्पर्कमा आएका सबैलाई कोरोना परीक्षण गर्न आग्रह गरेकी छिन् । बलिउडमा यस पनि अमिताभ वच्च्न, अभिषेक, ऐश्वर्या, अर्जुन कपुर, मलाइका अरोरा, अमिता बचन, लगायतका चर्चित कलाकारहरुइ पनि कोरोना पुष्टि भएको थियो ।,,,भिडियो हेर्न तल क्लिक गर्नुहोला,,,

Related Articles

Back to top button