भिडियो

अन्ततः रमेश र नन्दाको बिहे यसरि भयो (भिडियोसहित)

काठमाण्डौ । सबैको मनमा बस्न सफल रमेश प्रसाईँको विबाह यतिबेला इटहरीमा भईरहेको छ । उनले ३ वर्षदेखि माया पिरती साँटेका आफ्नी प्रेमीका नन्दा सिंहसंग बिहे गर्दैछन् । मंसिर २२ गतेको दिनलाई शुभ मानेर यही दिनको साईतमा रमेश र नन्दाले जुनीजुनीकोलागी एकअर्काको हुने बाचा खाँदैछन् इटहरीमा ।** भिडियो हेर्न तल क्लिक गर्नुहोला **

आज रमेश र नन्दाको जीवनको अत्ति नै सुनौलो दिन हो । यसका साथै उनीहरुको शुभचिन्तकहरुले यो मंसिर नकटोस् भन्ने चाहाना राखेको हुनाले रमेशका फ्यान र शुभचिन्तकहरुकालागी पनि आजको दिन खास हो । रमेश र नन्दालाई शुरुमा भेटाउनकालागी प्लेटफर्म बनाईदिएका ईन्द्रेणीका सञ्चालक कृष्ण कंडेल पनि यतिबेला रमेश र नन्दाको बिहे खान भनेर इटहरी पुगेका छन् ।

रमेशको बिहेको कुराले निकै खुशी भएका कृष्णले इटहरीमा जन्तीहरुसंगै दोहोरी गाएर आफ्नो खुशी व्यक्त गरेका छन् । कृष्ण कंडलले दोहोरी गाउनुका साथै उनी नाच्दै अरुलाई पनि रमाईलो गर्न उतसाहीत गरिरहेका छन् । रमेश र नन्दाको बिहेमा लोक संस्कृतिलाई झल्काउने नेपाली लोकल बाजा बजाईएको छ । भिडियो

Related Articles

Back to top button