समाचार

सुनको मुल्य ओरालो लाग्दै साताको दोस्रो दिन पनि सुनको मुल्य घट्यो

साताको दोस्रो दिन नेपाली बजारमा सुनको मुल्य ओरालो लागेको छ ।हिजो आइतबारको तुलनामा आज सुनको मुल्य तोलामा १ सय रुपैंयाले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन तोलाको ९२ हजार ६ र तेजावी सुन तोलाको ९२ हजार १५० मा कारोबार भैरहेको थियो ।

यसअगाडी शुक्रवार छापावाल सुन ९२ हजार ९ सय र तेजावी सुन ९२ हजार ४५० मा कारोबार भएको थियो ।यो महिना ९० हजारसम्म झरेको सुनको मुल्य विस्तारै उकालो लाग्ने क्रममा रहेको छ ।सुनको मुल्य घट्दा चाँदीको मुल्य पनि केही मात्रामा घटेको छ ।महासङ्घका अनुसार चाँदीको मुल्य अघिल्लो दिनको तुलनामा तोलामा ५ रुपैंया घटेर आज १२ सय ५ मा कारोबार भैरहेको छ ।

Related Articles

Back to top button