मनोरंजन

यस्तो भयो स्वेता खड्काको मेहेन्दी (तस्विरसहित)

काठमाडौँ- अभिनेत्री श्वेता खड्का आज विवाह बन्धनमा बाँधिदै छन् । उनी धनगढीका विजयेन्द्र सिंह रावतसँग विवाह बन्धनमा बाँधिन लागेकी हुन् । उनको विवाह काठमाडौँस्थित गोकर्ण फरेष्ट रिसोर्टमा हुनेछ । उनले यसअघि वि.सं २०७१ साल असार २३ गते अभिनेता श्रीकृष्ण श्रेष्ठसँग विवाह गरेकी थिइन् । बिहे भएको करिब एक महिनापछि श्रीकृष्णको निधन भएको थियो ।

बिहेको एक दिन अगाडि नायिका खड्काको मेहेन्दी सेरेमोनी आयोजना गरिएको थियो । मेहेन्दी सेरेमोनीमा नायिका स्वेता खड्का र विजयेन्द्र सिंह राउत रमाएको देख्न सकिन्छ । स्वेताले सामाजिक संजालमा लेखेकी छिन् ‘मेहेन्दीको रंगहरुसँगै खुल्दै छु म । जीवनको नयाँ पानाहरुमा भुल्दै छु म ।’ विजयेन्द्रको तस्वीर यसअगाडि सार्वजनिक भएको थिएन । केही मिडियामा स्वेताले दशैंमा टिका लगाउँदा विजयेन्द्रसँग खिचेको एउटा तस्वीर मात्र सार्वजनिक भैरहेको थियो । तर, मेहेन्दी सेरेमोनीपछि विजयेन्द्र र स्वेताको तस्वीर सार्वजनिक गरिएको हो।

स्वेताले बिहेको एक दिन अगाडि सामाजिक संजालमा स्टाटस लेख्दै आफ्नो मनको भावना व्यक्त गरेकी थिइन् । उनले प्रश्न गरेकी थिइन् ‘मेरो अतितलाई स्विकार्दै सुख र दु:ख बाड्ने एउटा साथी पाएको छु । पुरुष प्रधान देशले मेरो दोस्रो जीवनलाई स्विकार गर्ला ?’ तस्विर तल हेर्नुहोस : ,,,भिडियो हेर्न तल क्लिक गर्नुहोला,,,

तस्विर – स्वेता खड्काको फेसबुक वाल बाट

Related Articles

Back to top button