समाज

‘महिलाले क’माण्ड सम्हाल्न सक्दैनन् भन्नेलाई सम्हालेर देखाउँछु’

काठमाडौं : दाङका तीन वटा प्रहरी चौकीमा महिला प्रहरी नेतृत्वमा पुगेका छन्। दाङका प्रहरी चौकी नर्ती, सतबरिया र सर्रामा महिला प्रहरीलाई नेतृत्वमा खटाइएको हो। नर्ती र सतबरियामा महिला नेतृत्वलाई ‘पब्लिक रेस्पोन्स’ राम्रो मिले पछि सर्रा प्रहरी चौकीमा पनि महिला प्रहरीलाई नै नेतृत्व गर्न पठाइयो।

जिल्ला प्रहरी प्रमुख तथा एसपी गणेश चन्दले प्रहरीमा पनि महिला सशक्तिक रण गर्न भन्दै महिलालाई नेतृत्व प्रदान गर्ने नीति लिएको बताए । ‘अवसर पाए महिलाले नेतृत्व दिन सक्छन् भन्ने सन्देश दिन हामी चाहन्छौं,’ उनले भने, ‘महिला कमजोर छैनन् भन्न र उनीहरूको सशक्तिकारण गर्न आवश्यक छ।’ यो खबर सेतोपाटिमा नारायण खड्काले लेख्नु भएको छ ।

नर्तीमा ३५ वर्षीया शोभा गिरी र सतबरियामा ४० वर्षीया लक्ष्मी क्षत्रीले कमाण्ड गरिरहेका छन्। उनीहरू दुबैजना असई हुन्। जिल्लामा सबैभन्दा कान्छो उमेरकी महिलाले प्रहरी चौकीको नेतृत्व सम्हाल्ने अवसर भने सपना खड्काले पाएकी हुन्। उनी हप्ता दिनअघि सर्रा प्रहरी चौकीको नेतृत्व सम्हाल्न आइन्। अचेल मोटरसाइकल चलाउन सिकिरहेकी छन्।

सहर-बजारका कार्यालयमा भ्यान हुन्थे। उनले भ्यान चलाउन जानेकी छन्। गाउँघरका कच्ची सडकमा भने मोटरसाइकल बढी चल्छन्। २४ वर्षीया खड्कालाई अब सर्रा प्रहरी पोष्टको क्षेत्राधिकारभित्र रहेका गाउँ टोलका सुरक्षा गर्नुछ। घोराहीको १६,४, ५ र ७ नम्बर वडा सर्रा प्रहरीको मातहतमा छन्। यी चार वडामध्ये अधिकांश गाउँ घरमा पर्छन्। सबै ठाउँमा मोटरबाटो छैन।

चार पाङ्ग्रे पुग्न नसक्ने ठाउँमा दुई पाङ्ग्रेमात्रै चलाउन मिल्छ। प्रहरीलाई रात-दिन जतिबेला पनि त्यस्ता गाउँबस्तीमा गस्ती जानुपर्छ । त्यसैले, मोटरसाइकल सिकिरहेको उनले बताइन्। तुलसीपुर-घोराही सडक खण्डमा पर्छ सर्रा। यो घोराही उपमहानगरपालिका-१६ मा अवस्थित छ। तुलसीपुर-घोराही सडक खण्डको सबैभन्दा धेरै सवारीको चाप व्यस्त रहने र दु,र्घटना बढी हुने ठाउँ पनि यही हो।

तुलसीपुरबाट भागेर जाने र घोराहीबाट भागेर जाने मुख्य सडक खण्ड भएको हुँदा प्रहरीले यो ठाउँमा उच्च निगरानी राख्नुपर्छ। अस्थायी प्रहरी पोष्ट सर्रामा खड्का सहित नौ प्रहरी छन् । सर्रामा चार महिला र पाँच पुरूष प्रहरी खटिन्छन् । निकट भविष्यमा यहाँ सबै महिलामात्रै खटाउने तयारी गरिएको जिल्ला प्रहरी पमुख एसपी चन्दले बताए।

‘नयाँ सरुवा भएका महिला इञ्जार्चले यो ठाउँको भूगोलको पहिचान गरिसकेपछि यहाँका सबै पुरूष प्रहरी साथीहरू अन्यत्र खटाइने छ,’ एसपी चन्दले भने, ‘त्यसपछि यहाँको सुरक्षाको सम्पूर्ण जिम्मा महिलाकै नेतृत्वमा रहने छ।’ सपनाले प्रहरीमा जागिर सुरू गरे को चार वर्षमात्रै पूरा भयो। सुरूमा उनी नेपालगञ्ज तालिम केन्द्रमा प्रशिक्षकको रूपमा बसेकी थिइन्।

जिल्ला प्रहरी कार्यालय दाङ आएपछि महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखाको नेतृत्व सम्हालिन्। सेवा प्रवेशको चार वर्षमा चौकीको नेतृत्व गर्न पाइन्। ‘इञ्चार्ज भएपछि अलिकति बढी जिम्मेवारी थपिएजस्तो लाग्ने रहेछ’ सपनाले भनिन्, ‘यहाँ शान्ति सुरक्षा कायम गर्ने जिम्मेवारी मेरै हो र मेरै कमाण्डमा खटिएको प्रहरीलाई मैले जिम्मेवार बनाउनुपर्छ भन्ने लाग्ने रहेछ।’

Related Articles

Back to top button