असार पहिलो साताबाट सवारी साधान जोरबिजोरमा चल्न दिने
काठमाडौं । काठमाडौं उपत्यकासहित मुलुकभर असारबाट निषेधाज्ञा खुकुलो बनाउने विषयमा गृहमन्त्रालय छलफल गरिरहेको छ ।
गत वैशाख १६ गतेबाट काठमाडौं उपत्यकामा जारी गरिएको निषेधाज्ञा यही जेठ मसान्तसम्म कायम रहनेछ । मुलुकभरका ७५ वटा जिल्लामा निषेधाज्ञा जारी गरिएको छ ।
तर, महिनौँ दिनदेखि जारी गरिएको निषेधाज्ञाले जनजीवनमा असर गरेपछि यसलाई केही खुकुलो बनाउने सरकारको तयारी छ ।
सोहीअनुसार गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालयमार्फत सम्बन्धित् जिल्लाको बस्तुस्थिति बुुझिरहेका बेला काठमाडौं उपत्यकामा असार पहिलो हप्ताबाट जोरबिजोर प्रणालीबाट सवारी साधन सञ्चालन गर्ने दिने तयारी गरिएको छ ।
स्वास्थ्य मापदण्ड पालनामा कडाइका साथ जोरबिजोर प्रणालीमा सवारी साधन सञ्चालन अनुमति दिने तयारी गरिएको हो ।
निजी सवारी साधन र ट्याक्सीलाई चल्न दिने तयारी गरिए पनि सार्वजनिक सवारी साधनका विषयमा भने अन्तिम टुंगो लागिसकेको छैन ।