समाचार

तिहारमा बालेको मैनबत्तीबाट आगो सल्केर आँखै अगाडी छोरीको मृ त्यु

झापा – तिहारमा बालेको मैनबत्तीबाट आगो स’ल्केर झापाको कमल गाउँपालिकामा गए राति एक बालिकाको मृत्यु भएको छ । कमल–२ स्थित थापा गाउँका धु्रव परियारकी सात वर्षीया छोरी रेजुका परियारको ज’लेर मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

बुबाआमा घरबाहिर रहेको र छोरी रेजुका मात्रै घरभित्र सुतिरहेको अवस्थामा राति ९ बजेतिर अचानक मैनबत्तीबाट आ’गो स’ल्किएको थियो । आ’गो द’न्किएपछि घरभित्र रहेकी बालिकालाई बाहिर निकाल्न नसक्दा घटनास्थलमै बालिकाको मृत्यु हुन पुगेको प्रहरी नायव उपरीक्षक विजयराज पण्डितले बताउनुभयो ।** भिडियो हेर्न तल क्लिक गर्नुहोला **

आगलागीबाट परियारको इँटाको गारो र टिनको छानो पूर्णरूपमा ‘जलेर न’ष्ट हुँदा करिब रु १५ लाख बराबरको क्षति भएको छ । आगो निभाउने क्रममा ग्यास सिलिण्डर प”ड्कि’एर स्थानीय २२ वर्षीय राम टुडु सामान्य घाइते हुुनुभएको थियो । स्थानीय बासिन्दा र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिइएको आएको प्रनाउ पण्डितले वताउनुभयो ।

त्यस्तै तिहारका अवसरमा लक्ष्मीपूजा गर्ने क्रममा लापरवाहीपूर्वक दियो बाल्नाले विराटनगरका दुई पसलमा आ’गला’गी हुँदा रु ६८ लाख मूल्य बराबरको मालसामान जलेर नष्ट भएको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार विराटनगर–१०, ट्राफिक चोकका दिनेश अग्रवालको फेन्सी पसलमामा शनिबार राति आ’गला’गी हुँदा सटरभित्र रहका फेन्सी तयारी कपडा, फर्निचरसहित करिब ६० लाखका सामान ज’लेर नष्ट भएको छ ।

यसैगरी विराटनगर–९ बसपार्क नजिक अभय अर्यालको बारीमा बाँस र टिनको छानो भएको सिरक डस्ना बनाउने घरमा शनिबार राति आगलागी हुँदा रु आठ लाख बराबरको समाग्री जलेर नष्ट भएको छ । यस किसिमका दुर्घटना रोक्न सचेत भइ पूजा गर्न प्रहरीले आग्रह गरेको छ ।फाइल तस्विर ** भिडियो हेर्न तल क्लिक गर्नुहोला **

Related Articles

Back to top button