समाचार
दुर्घटना हुँदा रियाको नि धन
आइतबार बिहान पौने १ बजे मध्यपुर ठिमी नगरपालिका-३ कौशलटारमा कार पल्टिएको हो।
भक्तपुरबाट काठमाडौं जाँदै गरेको बा. ८ च. ४७५६ नम्बरको कार अनियन्त्रित भइ सडकको रेलिङमा ठक्किएर पल्टिएको हो।
कार पल्टिएर विपरिततिरको लेनमा पुगेको प्रहरी नायब उपरीक्षक दीपक गिरीले बताए।
कौशलटारको प्रवीण पेट्रोल पम्पमा कार दुर्घटना भएको भन्ने खबर महानगरीय प्रहरी कार्यालय रानीपोखरीले पाएको थियो।
तत्कालै महानगरीय प्रहरी वृत्त, ठिमीबाट खटिएको टोलीले सडक किनारमा ३० वर्षीया महिला अचेत अवस्थामा फेला पारेको थियो।