Tips

घरमै मिठो र स्वादिलो रसवरी बनाउने सजिलो तरिका

काठमाडौँ । कुनै विशेष खुशीमा या खाना खाइसकेपछि विशेष किसिमका मिठाइहरु खाने चलन छ।ती मिठाइहरु मध्ये दुधबाट बनेको रसबरी धेरैजसोको रोजाइमा पर्ने गर्छ। बजारमा रसबरी किन्दा, बासी र अस्वस्थ पनि हुने हुँदा, घरमै बनाएर ताजा, मीठो र स्वस्थ रसबरी खान सकिन्छ।

रसवरी यसरी तयार हुन्छः

भाँडामा दुध तताउने । तताएको दुधमा कागतीको रस राखेर दुध फटाउने । फाटेको दुधलाई जालीमा कपडा राखेर छान्ने
अब त्यसलाई चिसो पानीले पखाल्ने । पखालेपछी त्यही कपडामा पोको पारेर हल्का निचोर्ने । निचारिसकेपछी केही छिन झुन्डाउने ।

केही छिनपछि निकाल्ने र मुछ्ने । मुछेर पीठोको डल्लो जस्तै बनाउने । चिरा नपर्ने गरि साना-साना डल्ला बनाउने । एउटा भाँडामा चिनी पानी पकाउने । त्यो चिनी पानीमा अब ती साना-साना डल्ला राख्ने। चिनी पानीबाट निकालिसकेपछि ५/६ घण्टा जति फ्रिजमा राख्ने।

Related Articles

Back to top button