मनोरंजन

डिसेम्बरलाई टार्गेट गरेको, पहिलो ट्राइमै सफल भयौ : गर्भवती प्रियंका कार्की

काठमाडौं । नायिका प्रियंका कार्की जबदेखि गर्भवती भइन्, गसिपबाट बाहिर निस्कने नामै लिइरहेकी छैनन् । उनी बारम्बार आफ्ना तस्वीर र अभिव्यक्तिमार्फत सामाजिक सञ्जाललाई मसला दिइरहेकी छन् । यसवापत सामना गर्नु परिरहेका भद्दा कमेन्टहरुसँग उनलाई खासै वास्ता छैन ।

प्रियंकाले गत चैत २० गते सामाजिक सञ्जालमा पहिलोपटक आफ्नो बेबीबम्प प्रदर्शन गर्दै आफू आमा बन्न लागेको सार्वजनिक गरेकी थिइन् । श्रीमानसहितको तस्वीर पोस्ट गरेर उनले क्याप्सन लेखेकी थिइन्, ‘वी आर प्रिग्नेन्ट’ -हामी गर्भवती छौं ।’ आफूसहित श्रीमानलाई समेत ‘गर्भवती’ भनेको भनेर प्रियंकाको ट्रोल भयो । तर, उनी ट्रोलबाट आत्तिनेभन्दा ट्रोलमै रमाउने नायिका हुन् ।

त्यसयता प्रियंकाले दिनहुँजसो आफ्नो ठूलो भुँडी देखाएर नयाँ-नयाँ तस्वीर पोस्ट गरिरहिन् । जति नकारात्मक कमेन्ट आए पनि उनी हतोत्साही भइनन् । केही दिनअघि उनले पोस्ट गरेको तस्वीरलाई लिएर गालीको वर्षा नै भएको थियो । त्यसमा उनले आफ्नो नाइटोमा जुसको पाइप घुसारेर पेटको बच्चालाई पिलाएको अभिनय गरेकी थिइन् ।

विदेशी सेलेब्रिटीको नक्कल गरेर प्र्रियंकाले गरेको भद्दा फोटोसेसनलाई सामाजिक सञ्जालमा उछितो काढियो । केहीले चाहिँ आफ्नो गर्भवती अवस्थामा रमाउने उनको हक भएको भन्दै प्रियंकाको बचाउ समेत गरे ।

अहिले चाहिँ आफ्नो प्रेग्नेन्सीका विषयमा प्रियंकाले दिएका उटपट्याङ प्रतिक्रियाहरु सामाजिक सञ्जालमा भाइरल बनेका छन् । खासगरी टीकटकमा भाइरल भएको प्रियंकाको एउटा अभिव्यक्ति यस्तो छ : video

Related Articles

Back to top button