उमेर ढल्केपनि घटेको छैन करिश्माको सुन्दरता हेर्नुहोस् फोटोफिचर
नेपाली अभिनेत्रीको कुरा गर्दा नायिका करिश्मा मानन्धरलाई नचिन्नै सायदै भेट्न गाह्रो होला ।१४ वर्षको उमेरदेखि फिल्म खेल्न सुरु गरेकी करिश्माले ४६ बसन्त पार गरिसकिन् तर उनको सुन्दरतामा भने झनै निखार आउँदै गएको देखिन्छ ।पछिल्लो समयमा करिश्माले दैनिक सामाजिक सञ्जालमा राख्ने तस्विरहरुले पनि ढल्किँदै गएको उमेरमा उनको सुन्दरता बढेको सहजै अनुमान लगाउन सकिन्छ ।,,,भिडियो तल क्लिक गर्नुहोला,,,
कक्षा ८ सम्म मात्र अध्ययन गरेकी करिश्माले १ वर्ष अगाडी एसएलसी परिक्षा उत्तिर्ण गरेकी हुन् । २०७५ सालको एसईई परिक्षार्थी भएर करिश्माले बी प्लस ल्याएर उत्तीर्ण गरेकी थिइन् ।पूर्वप्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले गठन गरेको नयाँ शक्तिमा पार्टीमा लागेर राजनीतिमा प्रवेश गरेकी करिश्माको राजनैतिक जीवन भने सफल हुन सकेन । त्यसैले उनले २०७६ सालको जेठ महिनामा पार्टी छाडेको घोषणा गरिन् ।
धेरै नेपाली नायिकाहरु यस क्षेत्रबाट पलाइन भैरहेतापनि करिश्मा पनि यसमा टिकेर बसेकी छिन् । धेरै कलाकारहरुले चलचित्र क्षेत्र छाडेर अन्य क्षेत्रमा सफलता हात पारेतापनि गुमनाम छन् ।करिश्मा ‘सन्तान’बाट करिअर सुरु गरेकी हुन् । करिश्माले आफ्नो स्वास्थ्य र सौन्दर्यलाई निकै ख्याल राख्छिन् । दैनिक व्यायाम देखि सन्तुलित भोजनको कारण वास्तविक उमेर भन्दा जवान देखिन्छिन् ।
उनले सामाजिक सञ्जालमा पोस्ट गरेका तस्वीर र उनको सुन्दरता देखेर आम मानिसहरु भन्छन् उमेर ढल्किए पनि करिश्माको सुन्दरता भने ढल्केको छैन ।
करिश्माको बारेमा थप जानकारी
नाम : करिश्मा मानन्धर,न्वारनको नाम : बुनु केसी,जन्मस्थान : ललितपुर,जन्ममिति : सन् १९७२,अहिलेको बसाई : ललितपुर,उचाई : ५ फिट ३ इन्च,शिक्षा : एसईई सम्मको अध्ययन,पहिलो फिल्म : सन्तान (सन् १९८९),श्रीमानको नाम : विनोध मानन्धर,सन्तान : एक छोरी कविता मानन्धर,
हेरौं नायिका करिश्माका केही तस्विरहरु