भिडियो

घनिष्ट लभ गरेर बिहे गरेको श्रीमतीले यति ठुलो घात गरिन्, प्रेम कहानी सुनाउदै श्रीमान विदेशबाट रोए (भिडियोसहित)

काठमाण्डौ । भनिन्छ श्रीमान श्रीमतीको झगडा परालको आगो हो भनेर । तर नवीन र उनकी श्रीमतीको सम्बन्धमा यसो हुन सकेन । नवीन बस्याल जो अहिले साउदी अरबको जुबेल भन्ने ठाउँमा कामको शिलशिलामा छन् । उनी उतै भईरहंदा उनकी श्रीमती भने यता हराएकी छिन् । उनै हराएकी श्रीमतीलाई खोजिदिनकालागी नवीनले मिडियाको साहायता लिएका छन् । नवीनको भनाईमा उनले आफ्नी श्रीमतीलाई धेरै नै माया गर्ने गर्दछन् ।

कुनै जमानामा बर्दियाको सदुरमकाम गुलरियामा बसेर प्रेस अप्रेटरका रुपमा काम गरेका नवीन अहिले खाडी मुलुक पुगेका छन् । नवीन २०७० सालमा बर्दियामा कार्यरत थिए । सोही क्रममा उनले आफ्नी श्रीमतीलाई भेटेका थिए । त्यो भेट माघ महिनाको भएको सम्झंदै नवीनले भने,‘हाम्रो विबाह सबैको सल्लाहमा नै भएको थियो ।’ उनले श्रीमतीसंग चिनजान साथीको माध्यमबाट भएतापनि विबाहमा स परिवारकै उपस्थिति भएको बताए ।

शुरुवाति दिनमै नवीनले महिलाको इज्जत गर्नुपर्छ भन्ने जानेको हुनाले लुकिछिपी प्रेम गर्न चाहेनन् । उनले आफुसंगै अभिभावकको पनि ख्याल राखेर आफुहरुको प्रेम सम्बन्धको बारेमा परिवारलाई खबर गर्नुपर्छ भनेर आफ्नो अहिले हराएकी श्रीमतीलाई सम्झाएको बताउँछन् नवीन । उनले भने,‘लुकिछिपी माया गरेर अनि भागेर बिहे गरेर हुँदैन । परिवारलाई थाहा दिनु पर्छ । मैले उनलाई परिवार र समाज दुवैको ईज्जतको ख्याल गर्नु पर्छ भनेर सम्झाउँथें ।’,,,भिडियो हेर्न तल क्लिक गर्नुहोला,,,

बिहे हुनुअघि पनि आफुले श्रीमतीलाई धेरै नै सम्झाएको कुरा सुनाउँदै नवीनले भने,‘माया भन्ने कुरा दुवैतिरबाट हुनु पर्छ । मैले मात्रै तिमीलाई गरेर अनि तिमीले मात्रै गरेर जिन्दगी अघी बढ्न सक्दैन । तिमीले हाम्रो सम्बन्धको बारेमा परिवारमा भन्नु पर्छ ।’ भनेर भनेपछि मात्रै श्रीमतीले आफ्नी सानीआमा सपना पनेरुलाई भनेको नवीनले बताए । नवीनले तीनै सानीआमा नै आफुहरुको मध्यस्तकर्ता बनेको पनि उनले सुनाए । त्यसैगरी नवीनले मामा ससुरा लोकप्रसाद चापागाईँलाई पनि सम्झिए । जस्ले नवीनको बिहे गराउनमा धेरै नै भूमिका खेलेका रहेछन् । भिडियो

Related Articles

Back to top button