समाचार

आमाले रोक्दा रोक्दै घरबाट निक्लेकी २ छोरीको एकैछिनमा पोखरीमा भेटियो शव

कञ्चनरुप नगरपालिकामा दुई किशोरीको आज पोखरीमा डुबेर मृत्यु भएको छ । नगरपालिका-९ बस्ने रामकृष्ण सरदारकी छोरी २० वर्षीया कुन्ती र सोही ठाउँका इन्दल सरदारकी छोरी १२ वर्षीया रोशनीको डुबेर मृत्यु भएको हो ।

मृतक रोशीनीकी आमा मञ्जुका अनुसार घरबाट साथीहरुसँग पोखरीतर्फ निक्लेको आधा घण्टामै छोरी पोखरीमा डुबेको खबर आएको थियो। पौडी खेल्न नआउने र कहिले पनि नुहाउन पोखरीतर्फ नजाने गरेकी छोरीलाई आफूले रोक्दा रोक्दै नमानेर गएको मञ्जुले बताइन्। रोक्दा रोक्दै घरबाट निक्लेकी छोरीको घर नजिकैकौ पोखरीमा डुबेर बाहिर ननिक्लिएको खबर आएको रोशनीकी आमा मञ्जुले रुँदै बताइन् ।

पोखरीबाट निकालेर राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल ल्याएर परीक्षण गराउँदा चिकित्सकले मृत घोषणा गरेको मञ्जुले बताइन् । शवलाई पोष्टमार्टमका लागि अस्पतालकै शवगृहमा राखिएको अस्पतालले जनाएको छ ।

Related Articles

Back to top button