समाचार

आज थप ८,३०५ जनामा कोरोना संक्रमण पुष्टि, ६,५४३ जना डिस्चार्ज

नेपालमा पछिल्लो २४ घण्टामा थप ८ हजार ३०५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । २१ हजार ६९५ पीसीआर र ३९२ एन्टीजेन परिक्षण गर्दा क्रमश ८,२२७ र ७८ जना गरेर जम्मा ८ हजार ३०५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हाल सम्म नेपालमा जम्मा संक्रमितको संख्या ४,८८,६४५ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा ६ हजार ५४३ जना कोरोना संक्रमणमुक्त भएका छन् । हाल सम्म कोरोना संक्रमण मुक्त भएकाहरुको संख्या ३,६६,९४६ जना पुगेको छ । त्यसैगरी पछिल्लो २४ घण्टामा थप १९० जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । योसंगै हाल सम्म मृत्यु हुनेको संख्या ५,८४७ जना पुगेको छ ।

Related Articles

Back to top button