समाचार

पछिल्लो २४ घण्टामा थप ८ हजार ६४ जनामा कोरोना संक्रमण पुष्टि, ७ हजार ९ सय ८९ जना संक्रमणमुक्त

काठमाडौं, ५ जेठ । नेपालमा पछिल्लो २४ घण्टामा ८ हजार ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पीसीआर विधिबाट ८,०६४ र एन्टिजेन विधिबाट गरिएको परीक्षणमा १०९ गरी ८,१७३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै ७ हजार ९ सय ८९ जना कोरोना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा भक्तपुरमा २२८, ललितपुरमा २७० र काठमाडौंमा १ हजार ९८८ गरी उपत्यकामा जम्मा २ हजार ४८६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

Related Articles

Back to top button