समाचार

आज पनि बढ्यो सुनको मूल्य, प्रतितोला कति पुग्यो ?

काठमाडौं । साताको दोस्रो कारोबार दिन अर्थात जेठ ३ गते सुनको मूल्य उकालो लागेको छ । सोमबार नेपाली बजारमा छापावाला सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँ वृद्धि भएको हो ।

आज सुनको भाउ बढेर ९२ हजार ८ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्लो दिन ९२ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । आजका लागि तेजावी सुनको मूल्य ९२ हजार ३ सय रुपैयाँ कायम भएको छ ।

यस्तै, चाँदीको मूल्यमा पनि सामान्य बढोत्तरी आएको छ । आज प्रतितोला ५ रुपैयाँले वृद्धि भई १३ सय ५५ रुपैयाँ पुगेको महासंघले जनाएको छ । चाँदी अघिल्लो दिन १३ सय ५० रुपैयाँ कारोबार भएको थियो ।

Related Articles

Back to top button