समाचार

ऐश्वर्यसँग बिरेन्द्रले भनेका थिए, ‘जनताले दुःख गरेर तिरेको करबाट यी फर्निचर किनिएका हुन्, पुराना सोफाका कपडा फेरेर मरम्मत गरे हुन्छ, नयाँ किन्नुपर्दैन

ऐश्वर्यसँग बिरेन्द्रले भनेका थिए, ‘जनताले दुःख गरेर तिरेको करबाट यी फर्निचर किनिएका हुन्, पुराना सोफाका कपडा फेरेर मरम्मत गरे हुन्छ, नयाँ किन्नुपर्दैन

नारायणहिटी दरबारमा भएको काण्ड (२०५८ जेठ १९) अत्यन्त पीडादायक घटना थियो । सो घटनामा मारिएका राजा वीरेन्द्र पृथ्वीनारायण शाहका वंशज, राजा त्रिभुवनका नाति र राजा महेन्द्रका

सुपुत्र मात्र थिएनन्, आफ्नो कालखण्डमा संसारमै अत्यन्त सम्मानित, विशिष्ट राजनेता (स्टेट्सम्यान) मध्ये एक थिए । अमेरिका, चीन, सोभियत संघ, फ्रान्स, जर्मनी, ब्रिटेन, भारतलगायतका धेरै राष्ट्रको

भ्रमण गर्दा उनले पाएको ठूलो सम्मानले नेपाल र नेपालीको शिर ठाडो हुन्थ्यो । एउटा अल्पविकसित राष्ट्रका राष्ट्राध्यक्षले सुसम्पन्न र अति विकसित राष्ट्रका राष्ट्राध्यक्षहरूसँग संवाद गर्दा समसामयिक

विषयमा महत्वपूर्ण सुझाव दिन सक्छन् र त्यसले संयुक्त राष्ट्रसंघ एवं महाशक्तिहरूलाई पनि सोच्न बाध्य बनाउँछ भन्ने कुरा राजा वीरेन्द्रले राम्रोसँग प्रमाणित गरेर देखाइदिए

Related Articles

Back to top button