समाचार

अक्सिजन पुलिसको ठूलो मान्छेले लिएर गए, आँखै अगाडि तिमीहरुलाई बचाउँन सकिन, निशब्ध छु !

काठमाडौँ । नेपालमा कोरोना भाइरसको संक्रमण दिनप्रदिन बढ्दै गएको छ। सक्रिय संक्रमितको संख्या १ लाख नाघेपनि अस्पतालमा बेड र अक्सिजनको अभावले स्थिती भयावह देखिएको छ।

यसै क्रममा ट्रमा सेन्टरका निमित्त निर्देशक डा सन्तोष पौडेलले सामाजिक सञ्जालमा बिरामीलाई अक्सिजन समयमै दिन नपाउँदा बचाउन नसकेको नमिठो अनुभव शेयर गरेका छन्।

जुन अनुभवले सबैलाई भावुक बनाएको छ। उनले आफ्नो अनुभवमा ट्रमा सेन्टरमा आउनु पर्ने अक्सिजन समयमै आउन नसक्दा बिरामीले ज्यान गुमाउनु परेको पीडा सुनाएका छन्।

उनले ठिक्क पारेको अक्सिजन पुलिसको ठूलो मान्छेले लिएर गएको र ट्रमा सेन्टरमा भर्ना भएका बिरामीले अक्सिजन नपाएर आँखै अगाडि ज्यान गएको देख्ना निशब्ध बनेको उल्लेख गरेका छन्।

Related Articles

Back to top button