समाचार

बिश्वासको मत नदिएका माधव नेपालपक्षले ओलीलाई पठायो भर्खरै यस्तो पत्र

नेकपा एमालेका नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले देश, जनता र लोकतन्त्रको भविष्य सुरक्षित गर्नको लागि विश्वासको मत नदिने र प्रतिनिधि सभाको बैठकमा अनुपस्थित हुने निर्णय गरेको बताएका छन् । सोमबार साँझ एक विज्ञप्ति जारी गर्दै उनले प्रधानमन्त्री ओलीलाई राष्ट्र र जनताको हित, संवैधानिक मान्यता, राजनीतिक नैतिकता र लोकतन्त्रको मर्यादा लगायत कुनैपनि दृष्टिबाट विश्वासको मत दिन उचित नहुने भएकाले बैठकमा उपस्थित नभएको बताए छ। नेपालले यो निर्णय हाम्रो देश, जनता र पार्टीप्रतिको निष्ठाको द्योतक भएको धारणा राखेका छन् ।

‘प्रधानमन्त्री ओलीका गलत क्रियाकलापको विरोध र प्रतिवाद गर्दै देश, जनता र लोकतन्त्रको भविष्य सुरक्षित गर्नको लागि आ–आफ्नो स्थानबाट योगदान गर्नु सबै देशभक्त, लोकतन्त्रप्रेमी राजनीतिकर्मी तथा जनसमुदायको कर्तब्य हुनेभएकोले सोही अनुरुप हामीले प्रधानमन्त्री केपी ओलीलाई विश्वासको मत नदिने र प्रतिनिधि सभाको बैठकमा अनुपस्थित हुने निर्णय गरेका हौं। यो निर्णय हाम्रो देश, जनता र पार्टीप्रतिको निष्ठाको द्योतक हो।’

केपी ओलीको कामकारबाही राष्ट्र र जनताको हित विपरित भएको भन्दै नेता नेपालले आफूले विश्वासको मत दिन नसकेको जिकिर गरेका छन्। नेपाल समूहका दुई दर्जन बढी सांसदले ओलीलाई सोमबार विश्वासको मत दिएका थिएनन् भने विश्वासको मत नपाएपछि ओली सरकार स्वतः पदमुक्त बनेको छ ।

‘पार्टी अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री केपी ओलीका उपर्युक्त कामकारबाहीका कारण उहाँलाई राष्ट्र र जनताको हित, संवैधानिक मान्यता, राजनीतिक नैतिकता र लोकतन्त्रको मर्यादालगायत कुनै पनि दृष्टिबाट विश्वासको मत दिन उचित हुँदैनथ्यो। उहाँका गलत क्रियाकलापहरुको विरोध र प्रतिवाद गर्दै देश, जनता र लोकतन्त्रको भविष्य सुरक्षित गर्नको लागि आ–आफ्नो स्थानबाट योगदान गर्नु सबै देशभक्त, लोकतन्त्रप्रेमी राजनीतिकर्मी तथा जनसमुदायको कर्तब्य हुने भएकोले सोहीअनुरुप हामीले प्रधानमन्त्री केपी ओलीलाई विश्वासको मत नदिने र प्रतिनिधिसभाको बैठकमा अनुपस्थित हुने निर्णय गरेका हौं’, नेपालको विज्ञप्तिमा छ, ‘यो निर्णय हाम्रो देश, जनता र पार्टीप्रतिको निष्ठाको द्योतक हो ।

प्रधानमन्त्री र पार्टी अध्यक्ष रहनुभएका केपी ओलीलाई हामी फेरि पनि देश, जनता र पार्टीप्रति जिम्मेवार भए सोच्न, देशको संविधान र पार्टीको विधानको सम्मान गर्न, विगतका गल्तीहरुलाई सच्याउन, पार्टी एकताका लागि हामीले अगाडि सारेका कुराहरुको सम्बोधन गर्न र राष्ट्रिय तथा पार्टीको एकतालाई नखल्बल्याउन आग्रह गर्दछौं ।’

Related Articles

Back to top button