मनोरंजन

तस्विरमा तेरिया मगर, यति धेरै कमाउछिन मासिक(फोटो फिचर)

काठमाडौ। टेरिया मगर नेपालको रुपन्देही जिल्लामा अवस्थित रुद्रपुर गाविस सुनगाभाचोककी वासिन्दा हुन् ।१५ वर्षकी टेरियाको आमाको नाम अस्मिता फौजा मगर र बाबा बिजय फौज मगर हो । उनलाई धेरैले टेरिया भनेर चिनेपनि पूरा नाम टेरिया फौजा मगर हो ।उनले आफ्नो नृत्यकौशलका कारण भारतमा भएको प्रतियोगिता डान्स इन्डिया डान्समा पहिलो स्थान प्राप्त गरेर विश्वसामु चिनिएकी हुन् ।

उनी भारतीय टेलिभिजन च्यानल कलर्स टिभीबाट प्रशारण हुने वास्तविक कार्यक्रम झलक दिखला जा ९ सिजनको विजेता पनि हुन् । उनले पूर्व विजेता झलक दिखला जाका सलमान युसुफ खान सँग उनको प्रतिष्स्पर्धा रहेको थियो सलमान युसुफ खान र सान्तनु महेश्वरलाई कडा प्रतिस्पर्धामा पछि पार्दै तेरिया पहिलो स्थानमा ओगट्न सफल भएकी हुन् ।

अहिले उनी कार्यक्रमको लागी विश्वका विभिन्न देशहरुमा गइरहेकी छिन् ।तर धेरैलाई थाहा नहोला तेरियाले महिनामा कति कमाउछिन् । उनको मासिक कमाई भनेको २३ लाख जति हुन्छ भन्ने खबर आउने गरेका छन् ।

हेरौ उनको केही तस्विरहरु:

Related Articles

Back to top button