नेपाल आउँन लागेका प्रेमले बुलेट बाइक किन्न लगाए, तर चढ्न पाएनन्
काठमाडौ । भारतको सिमा रक्षाका लागि फेरी एक नेपालीले ज्या’न गु’माएका छन् । भारतीय सेनामा धेरै नेपाली कार्यरत छन् । उनीहरुलाई सि’माना र’क्षाका लागि भारतले प्रयोग गर्दै आएको छ । भारतीय सेनामा कार्यरत दाङ तुलसीपुरका एक नेपाली युवाको निधन भएको छ । उनी लामो समय देखि भारतीय सेनामा कार्यरत थिए ।
तुलसीपुर उपमहानगरपालिका वडा नं। ९ बेलुवाका ३० वर्षीय प्रेम केसीको निधन भएको हो । भारतीय सेनाले उनलाई सिमानामा ‘गो’ ‘ली ‘ला’गेको जानकारी दिएका थिए । सेनावाट औपाचारी रुपमा निधन भएको जानकारी दिएको थियो । सेनामै रहेका अन्य नेपालीले भने उनको निधन भइसकेको बताएका थिए ।
जम्मु कास्मिरमा कार्यरत केसीको स’मूह’माथि शुक्रबार बिहान ५ बजेतिर भएको भारतीय सेनाले परिवारलाई जानकारी गराएको छ । उनलाई अस्पताल लैजाँदै गर्दा निधन भएको बताइएको छ ।**भिडियो हेर्न तल क्लिक गर्नुहोला **
उक्त घटनामा घाईते भारतीय सेनाका नायक प्रेम बहादुर खत्री र राइफल मैन सुखबीर सिंहलाई उपचारकालागी अस्पताल भर्ना गरिएको थियो । यी दुवै भारतीय जवानहरुको उपचारकै क्रममा निधन भएको थियो ।
केसीले मंसिर ११ गते घर परिवारलाई बुलेट बाइक किन्न लगाए । तर दोस्रो दिन कस्मिरमा ‘मा’रि’ए’पछि उनको सो बुलेट बाइक चड्ने सपना अधुरै रह्यो। उनका आफन्तका अनुसार प्रेमले ५ तारिखमा आफ्नो बिदा हुने र त्यसपछि घर आउने बताएका थिए।
‘घर बिदामा आउँदा बुलेट बाइक चढ्ने रहर छ’, उनले आफन्तसंगभनेका थिए। ‘मेरो लागि एउटा बुलेट बाइक किनेर राखिदिनु भनेको थियो,’ तुलसीले भने ‘उनको इच्छा पूरा गर्न परिवारले अघिल्लो दिन मात्रै उसको लागि बाइक किनेर ल्याएका थिए।’
बाइक किनको दोस्रो दिन एकाविहानै प्रेम ले सं’सार छो’डे । प्रेमले आफु घटनामा प’र्नुभन्दा अघिल्लो रात पनि घर परिवारसँग भिडियो सम्वाद गरेका थिए। प्रेमको आइतबार हिन्दुपरम्परा अनुसार अन्तेष्टि गरिएको छ।
प्रेम बहादुर खत्री र सुखबीर सिंह यी दुवै भारतका वीर सपूत भएको बताईएको छ । देशको रक्षा गर्दै गर्दा उनीहरुले दिएको बलिदान खेर नजाने बताईएको छ । यस कुराकोलागी देशबासी सधैं नै ऋणी रहने बताईएको छ ।
भारतीय सेनामा कार्यरत कुनैपनि नेपाली ज्यान गएपनि उनीहरुको श व नेपाल ल्याउन भने दिइदैन । परिवारलाई उतै वोलाएर उनीहरुको अन्तेष्टि गर्ने गरिएको छ । नेपालीहरुले परिवारका सदस्यलाई नेपाल ल्याउन पाउनुपर्ने आवाज उठाउँदै आएका छन् ।
निधन हुने भारतीय सेनामा कार्यरत नेपाली नागरिकहरूको शव नेपालमा ल्याउन दिइनुपर्ने माग भूतपूर्व भारतीय गोर्खाहरूले गरेका छन्। हाल भारतीय सेनामा कार्यरत गोर्खाहरूको निधन भए उनीहरूको शव भारतमै अन्त्येष्टि गरिदिने चलन रहेको छ।
तर कतिपय मृतक सैनिकका परिवारले नेपालमै ल्याएर आफ्नै संस्कार अनुसार अन्त्येष्टि गर्न चाहने गरेका छन्। भारतले भने मा’रि’ने’हरूलाई राष्ट्रिय सम्मान दिनुपर्ने भन्दै नेपालबाट मृतकका परिवारलाई बोलाएर अन्त्येष्टि गरिदिने गरेको छ। मा’रि’नेहरूको अन्त्येष्टिमा भारतीय सेनाले त्यहाँको राष्ट्रिय झण्डा ओडाउनुका साथै सलामी दिने गरेको भूतपूर्व भारतीय गोर्खाहरू बताउँछन्। उनीहरूका अनुसार सेनामा कार्यरत नेपाली नागरिकका परिवारले शव नेपाल ल्याउन चाहे भने चाहिँ सहज छैन।
तर कतिपयले निकै जोडबल गरेर शव नेपाल नै ल्याएको उदाहरण रहेको संयुक्त भूतपूर्व सैनिक एवम् प्रहरी कल्याणकारी महासंघ नेपालका महासचिव कुलबहादुर केसी बताउँछन्। उनी भन्छन्, “सबैभन्दा ठूलो पी’डा परिवारलाई हुन्छ र उसको परिवारले अन्तिम संस्कार गर्न नपाउनु भनेको निकै दु:खदायी कुरा हो।”
“त्यसैले हामीले भारत सरकारलाई यसबारे पटकपटक अनुरोध गरेका छौँ।” केसीका अनुसार भारतीय झण्डा ओडाउने र भारतीय सेनाले सलामी दिनुपर्ने हुँदा नेपालमा गर्दा विरोध हुनसक्ने प्रति भारत सचेत छ।
केसी भन्छन्: “ती कार्य गर्दा नेपाली भूमिमा विरोध हुनसक्छ, त्यसैले नेपाल सरकारले अनुमति दिए हामी शव नेपालमै पुर्याउने व्यवस्था गरिदिन्छौँ भन्ने खालको कुरा भारत सरकारबाट आएको छ।”
गत बुधवार जम्मू-कश्मीरमा खटिएका भारतीय सेनामा कार्यरत गोरखाका २५ वर्षीय अर्जुन थापामगरको दोहोरो भिडन्तमा निधन भएपछि भूतपूर्व भारतीय गोर्खाहरूले माग दोहोर्याएका हुन्।