मनोरंजन

‘दि भ्वाइस अफ नेपालको चार जना कोचको बारेमा जान्नुहोस्, यस्तो छ उनीहरुको जिवन कथा (भिडियो हेर्नुस्)

‘दि भ्वाइस अफ नेपाल सिजन–३’ को डिजिटल पछि अहिले प्रतिस्पर्धीहरुले आफनो प्रतिभा देखाउँदै आएका छन् । नेपालको नम्बर एक गायन रियालिटी शोको रुपमा स्थापित भइसकेको ‘दि भ्वाइस अफ नेपाल’ हिमालय टेलिभिजनले उत्पादन र प्रसारण गर्दै आएको छ । नेपाली टेलिभिजन रियालिटी शोका सवैजसो रेकर्ड तोड्दै ‘दि भ्वाइस अफ नेपाल–२’ले करोडौं नेपालीको मन जितेको थियो ।

यो शोको तेस्रो सिजनका लागि १६ बर्ष उमेर पुगेका यूवायूवतीदेखि ४५ बर्षसम्मका प्रतिभाहरुले यो रियालिटी शोमा भाग लिएका छन् । डिजिटल अडिसनमार्फत् आफ्नो गीतको भिडियो रेकर्ड पठाई आवेदन दिएकाहरु मध्यलाई छानिएको हो । ‘द भ्वाइस अफ नेपाल’का निर्देशक लक्ष्मण पौडेलका अनुसार हरेक शुक्रबार र शनिबार राति ८ बजेबाट उक्त सो प्रशारण हुने गरेको छ ।

यो पटक कोचमा एकजना परिवर्तन भएको छ । तृष्णा गुरुङलाई दर्शकले यो पटक नयाँ कोचका रुपमा देख्ने छन् । आस्था राउतको ठाउँमा गुरुङ प्रवेश गरेकी हुन् । अन्य तीन कोचमा दीप श्रेष्ठ, प्रमोद खरेल र राजु लामा छन् । रियालिटी शो मा जज बनेकाहरुको चार जना कोचको प्रोफाइल यस्तो छ । भिडियोमा चार जना कोचले कहिलेवाट गीत संगीत क्षेत्रमा प्रवेश गरे । उनीहरुको सांगेतिक जिवनले कसरी मोड लियो भन्ने विषयमा यो भिडियोमा विस्तृत खुलाईएको छ ।

Related Articles

Back to top button