समाचार

दुबईमा बसेर नेपालमा रहेकी श्रीमतीलाई रचे यस्तो षड्यन्त्र कि प्रहरी पनि परे चकित

काठमाडौं । विदेशमा बसेर नेपालमा रहेकी श्रीमतीलाई सिध्याउने योजना बनाएका एक जनालाई नेपाल प्रहरीले एक वर्ष पछि पुरुषलाई पक्राउ गरेको छ । इन्टरपोल मार्फत वैदेशिक रोजगारीका लागि विदेश पुगेका एक नेपालीलाई पक्राउ गरिएको हो । उनले दुवईमा बसेर नेपालमा रहेकी श्रीमतीलाई सिध्याउन योजना बनाएका हुन् । उनलाई सोही घटनामा प्रहरीले इन्टरपोलको सहयोगमा पक्राउ गरेको हो । एक वर्ष पछि ति ब्यक्तिलाई नेपाल ल्याइएको हो ।

नेपाल प्रहरीले इन्टरपोलको सहयोगमा काजीमान पुरी पक्राउ गरी नेपाल ल्याएको हो । प्रहरी प्रधान कार्यालय नक्सालबाट गएको प्रहरी टोलीले दुवईबाट पुरीलाई पक्राउ गरेको जनाएको छ । उनलाई मंगलवार नेपाल ल्याइएको छ । उनले गतवर्ष घटना गराएका थिए । २०७६ चैत २९ गतै तेह्रथुमको आठराई गाउँपालिकामा २८ वर्षीय बिन्दा पुरीको शव भेटिएको थियो। उनको घटना विदेशमा रहेका श्रीमान पुरीको योजनामा भएको थियो ।

वैदेशिक रोजगारीमा दुवई रहेका काजीमानले आफ्ना दुई भाईलाई घटनामा प्रयोग गरेका थिए । प्रहरीले उनका दुई भाईलाई भने पक्राउ गरिसकेको छ । उनीहरु अहिले थु नामा छन् । भाईहरुले दिएको वयानका आधारमा काजीमान मुख्य ब्यक्ति भएको खुलेको हो । उनलाई प्रहरीले तेह्रथुम पठाउने तयारी गरेको छ । घटनाको पुरै अनुसन्धान र कावाही तेह्रथुममा हुने बताइएको छ ।

प्रहरीका अनुसार विदेशमा रहेका काजीमानलाई बिन्दाको च रि त्र को विषयमा ग लत कुरा सुनाएपछि उनले श्रीमतीलाई नै सिध्याउने योजना बनाएका थिए । योजनामा उनका दुई भाइ ३१ वर्षीय सुरेन्द्र पुरी र २४ वर्षीय बालकृष्ण पुरीले साथ दिएका थिए।


चैत २८ गते दाजुको योजना अनुसार दुई भाइ झापाबाट गाडी भाडामा लिएर तेह्रथुम पुगेको उनीहरुले घरमा काठमाडौ जाने भनेर सुनाएका थिए । १२ बजे घरमा पुगेर भाउजुलाई बोलाएका थिए उनीहरुले। राती खाना पकाउन भान्छामा गएको बेलामा घटना गराएका थिए । त्यसपछि उनीहरु राति नै गाडी लिएर फर्किएका थिए।

Related Articles

Back to top button