Tips

खाना खाएको दुई घण्टासम्म गर्नुहुँदैन यी ६ कामहरु, नत्र क्यान्सर र मुटुरोगले सताउला

एजेन्सी। खाना खाएपछि धेरैको आराम गर्ने, आनन्द लिने बानी हुन्छ। तर विभिन्न अनुसन्धान अनुसार खाना खाइसकेपछि दुई घण्टासम्म विभिन्न कुरामा ध्यान पुर्याउनुपर्छ।

एक रिपोर्टका अनुसार खाना खाएपछि यी ६ काम गर्नुहुँदैन :
धूम्रपान
हुन त चुरोट पिउनु त्यसै पनि स्वास्थ्यका लागि हानिकारक कुरा हो तैपनि खाना खानेबित्तिकै धूम्रपान त कुनै हालतमा नगर्नुस् । यसो गर्दा आन्द्रा र फोक्सोको क्यान्सर हुन्छ ।

फल खाने
खाना खाएलगत्तै फलफूल खानुभयो भने त्यो आमाशयमा गएर अड्किन्छ र आन्द्रामा पुग्न पाउँदैन । यसले गर्दा स्वास्थ्य बिग्रन्छ र पेटमा खाना कुहिन्छ । त्यसैले खाना खाएको कमसेकम एक घन्टापछि वा एक घन्टाअघि मात्र फल खानुस् । सबभन्दा गजब त बिहानै उठेर खाली पेटमा फल खाएको राम्रो । यसले तपाईंलाई ऊर्जा दिन्छ ।****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

चिया कफी
अधिक चिया पिउँदा स्वास्थ्यमा असर पर्छ तैपनि खाना खानेबित्तिकै त चिया पटक्कै नपिउनुस् किनकि चियापत्तिमा धेरै अम्ल हुन्छ । यसले भोजनमा भएको प्रोटीनलाई हानि गर्छ र खाना पच्न मुश्किल हुन्छ । खाना खाएको एक घन्टापछि मात्र चिया पिउनुहोला ।

Related Articles

Back to top button